Skip to content
ShayariBooksA home for words.
Stories · 1 chapter

ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे

Chapter 1

ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे

किन राखु मसी

 अब आफ्नो कलममा

 जब कि मनमा कुनै

 उत्सुकता नै छैन,

थाह छैन किन होला

 सबै संका गर्न थालेछन

जब कि

 एउटा सुकेको फूल पनी

मेरो पुस्तकभित्र छैन,

 ताकत त थियो

 मेरो प्रेममा पनी

 तर विफल रहे प्रयासहरु

 किनकी

ढुंगासरी मुटु हुनेहरु

 जीउको रगत र पानी

 सुकी सक्ता पनी पग्लेनन,

 ईश्वर यदी भेटिए भने

उनै सीत माग्नेछु

 आफ्नो अपुरो प्रेम

तर सुनेकी छु -

ईश्वरले मृत्‍यु भन्दा पहिले

 केही दिदैनन अ रे ।।