Skip to content
ShayariBooksA home for words.
Nepali Shayari · A moment in words

Nepali Shayari

थुनिएँ मायाको जेलमा जानुछैन मलाई घर मायालुको काखैमा मर्छु बाँच्छु उनकै छ भर विरामी परे पनि ओखतीमुलो उनैले गर्छिन् खुशीसाथ पिउँछु म दिए पनि उनले जहर लठ्ठीले पिटून चाहे मेरो गाला नै चड्काऊन् सहिदिन्छु म हाँसीहाँसी चाहे टुटेपनि कहर भोकै राखे रहन्छु, प्यासै राखे पनि स्वीकार्छ गुनासो म गर्दिनँ केही छैन अब कुनै डर भूइँमा सुताओस् चाहे मखमलको ओछयानमा तर उनको काखमा सुत्ने सदैव रहन्छ रहर

A conversation in words

0 comments

Log in to join the conversation.