गजल सायरी;आसुको ताल नबनाउ
---------लाक्पा शेर्पा समर्पित---------
=
जीन्दगीलाई तिमी, आसुको ताल नबनाउ॥
समुन्द्रको पानी जस्तै,बग्ने छाल नबनाउ॥
=
माया पाउन सबैलाई माया दिनु जान्नुपर्छ॥
दुनियालाई दुखदिने खराब चाल नबनाउ॥
=
हुन्छन सबैका तिम्रा जस्तै सानाठुला सपना॥
षडयन्रले भरिएको माकुरा झै जाल नबनाउ॥
=
जुराएका हुन्छन ईश्बरले मित्र फरक सबैलाई॥
पानी बिनाको माछा जस्तै हाल नबनाउ॥
=
आजको समय भोलीफेरि घुमी फर्कि आउदैन॥
यो बर्षलाई पिडादायी नभुल्ने साल नबनाई॥
=
गजलकार :- लाक्पा शेर्पा समर्पित
Youtube :- TechLakpaTv
