आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै छैनन् भने पनि हुन्छ । जति छन् ती पनि ‘हाइ-हेलो’ मै सिमित छन् ।
स्कुलको पढाइ पछि नौलो जोश-जाँगरसँगै उ कलेज भर्ना भएकी छे । केटी साथी पनि थोरै छन् उसका । थोरै तर आत्मीय साथी बनाउन मनलाग्छ उसलाई । घरदेखि कलेज, कलेजदेखि घर उसका दिनहरू यसैगरी बितिरहेका छन् । कलेजमा भर्खरै एसएलसी दिएर आएका नवयुवायुवतीहरू स्कुलको अनुशासित वातावरणबाट मुक्त भएर होला उनीहरूको हाउभाउ निकै फेरिएको छ । कलेजमा पढाइ भन्दा गफगाफ, क्यान्टिन, पिकनिक, रमाइलो गर्ने तर्फ नै धैरैको मन गएको छ । तर, आयुष्मा भने यस्तो वातावरणमा घुलमिल भएकी छैन । त्यसैले एकान्त वा पुस्तकालयमा बसेर पुस्तक पढ्छे या घर फर्कन्छे ।
एकदिन कलेज जाँदा उसले कार्ड किन्नेहरू धेरै देखी । कलेजमा पनि निकै चहलपहल थियो कार्ड साटासाटगर्नेहरूको । विषेश गरी केटाहरूले केटीहरूलाई कार्ड दिइरहेका थिए । उसले साथीलाई सोधी आज के रहेछ भनेर । उसको साथीले अचम्म मान्दै भनी – तिमीलाई थाहाछैन आज भ्यालेन्टाइन डे अर्थात प्रेमदिवश हो नि ! आजको दिनमा प्रेमप्रस्ताव राख्यो भने सफल हुन्छ रे । त्यसैले आफ्नो मनको कुरा राख्न आज प्रेमी प्रेमिकाहरू फूल या कार्डले एकअर्काको मनको कुरा राख्ने गर्छन् । तिमीलाई पनि कोही मनपरेको भए प्रस्ताव राख्न ढिला नगर नि ! तिमीलाई दिने चाहीँ छन् कि छैनन् ?
साथीको कुराले उसको मन के के सोच्न बाध्य भयो । त्यसदिन क्लास पनि भएन। त्यसैले उ चाँडै नै घर फर्की । बाटोमा उसले साथीका हुराहरू सम्झिरही – तिमीलाई कार्ड दिने छन् कि छैनन् ? यही कुरा उसको कानमा तरङ्गित भइरह्यो । उ सुन्दर छे, स्कुलमा पनि कति केटाहरूले मनपराउँथे । उसले तर कसै प्रति चासो देखाइन । कसैका आँखाले उसलाई आकर्षित पार्न सकेन । तर, कलेजमा आएपछि उसको आँखा कहिलेकाहीँ आभुषणसँग जुद्धा भने मन नै सिरिङ्ग हुन्थ्यो । किनकिन उसको मनले नहेरौँ भनेपनि आँखाहरू आभूषणको सिटतिरै दौडन्थे । मानौँ त्यहाँ कुनै जादु थियो । आभूषण पनि निकै रसिले स्वभावको थियो । सबैसँग मिल्ने, हाँसेर बोल्ने गर्थ्यो । आयुष्मासँग पनि ऊ ‘हाइ-हेलो’ भन्दै बोल्थ्यो । लजालु स्वभावकी आयुष्मा पनि मीठो मुस्कान छोड्दै उसँग गफगर्न मनपराउँथी । उसलाई आभूषको बोल्ने शैली असाध्यै राम्रो लाग्थ्यो ।
प्राय: साथीहरू त्यसदिन कलेज आएका थिएनन् – डेटिङ गएका थिए । बाटोमा पनि आयुष्माले थुप्रै युवायुवतीहरू प्रेमालाप गर्दै हिँडेको देखी । आज उसको मन पनि चञ्चल भइरहेको छ । सोच्दै छे मलाई पनि मनपराइदिने कोही भएको भए कार्ड साटासाट गर्न, मनको कुरा पोख्न अनि टाढा कतै एकान्तमा घुम्न जाँन कति रमाइलो हुन्थ्यो होला । यस्तै सोच्दै उ हिँडिरहेकी हुन्छे । अचानक बाटोमा उसको भेट आभूषणसँग हुन्छ । उ झसङ्ग हुन्छे र भन्छे – हाइ । आभूषण पनि हाइ भन्दै एउटा कार्ड दिन्छ र अरु केही नबोली आफ्नो बाटो लाग्छ । उ छक्क पर्छे । उसको मनमा कौतुहल भइरह्यो । हत्तपत्त घर पुगेर कार्ड हेर्छे । कार्डमा प्रेम प्रस्ताव थियो । आयुष्माको तन-मन सिरिङ्ग हुन्छ । जाडो भए जस्तो गर्मी भएजस्तो खै कस्तो कस्तो हुन्छ । उ केही सोच्नै सक्तिन मन कहाँ कहाँ उडेजस्तो हुन्छ । उसलाई के गरूँ के गरूँ जस्तो हुन्छ र थचक्क बस्छे । त्यो प्रस्तावको के उत्तर दिने – उ सोचमा डुब्छे । एक मनले भन्छ यो उमेर प्रेममा फस्ने होइन आफ्नो व्यक्तित्व बनाउने हो । तर, अर्को मनले भन्छ यो उमेरमा प्रेम नगरे कुन उमेरमा गर्ने ? जसलाई उसका आँखाले उसैलाई छक्याएर हेर्छन् । जसको अनुहार उसको मनको कुनै कुनामा कुँदिएको छ उसैले प्रेम प्रस्ताव राख्दा किन नाइ भन्नु । उसको मनमा अनेकौँ प्रश्नहरूको ज्वारभाटा उठ्छ । बाहिर जान्छे, त्यहाँको वातावरणमा रमाउन खोज्छे तर मन कता कता उड्छ । फेरि भित्र जाँन्छे कहिले उठ्छे , कहिले बस्छे, यताउति गर्छे , मन स्थिर छैन । के सोच्ने के नसोच्ने अलमलमा पर्छे । बाथरुम जान्छे र चीसो पानीले नुहाउँछे । ऐना अगाडि आफूलाई नियाल्छे । कताकता लाज लागेर आउँछ । आफैँ मुस्काउँछे र कोठामा फर्किन्छे । फेरि कार्ड हेर्छे र दङ्ग पर्छे । कार्डमा आभूषणले यदि तिमीलाई मेरो प्रेमप्रस्ताव स्वीकार भएमा बेलुका पार्कमा आऊ भनेर लेखेको थियो । त्यसैले आयुष्मा ऐना अगाडि बसेर आफ्नो मुहार सुन्दर बनाउन थाल्छे । जसलाई आफूले मनपराकी थिइ उसैले प्रेम प्रस्ताव राख्दा त सोच्नु पर्ने कुनै कुरा थिएन । निकै हर्षित थिइ आयुष्मा । त्यसैले सजिएर उ बेलुका पार्कमा जान्छे ।
पार्कको गेटमा आभूषण उभिइरहेको हुन्छ । आयुष्मा त्यहाँ पुग्नासाथ म तिमीलाई नै पर्खिरहेको, तिमी आउँछौ भने मेरो हृदयमा पक्का थियो भन्दै उसले आयुष्माको हात समाउँछ । आयुष्मा मुस्काउँछे । आभूषणले उसको हात समातेर पार्क भित्र लैजान्छ । त्यहाँ उसका साथीहरू आदित्य, राजन, अनि रेखा थिए । आयुष्मालाई हात समातेर ल्याएको देखेर सबै हाँस्छन् । मुखामुख गर्छन् । एकले अर्कोलाई धापमार्दै हाँसेको देखेर आयुष्मा छक्क पर्छे । केहीबेरमा अब आभूषण पनि मुर्छा परेर हाँस्न थाल्छ । सबैजना हाँसेको देखेर आयुष्मालाई नराम्रो लाग्छ । उ जिल्ल परेर उनीहरूको अनुहार हेरिरहन्छे । केहीबेर पछि आभूषणले साथीहरूसँग भन्छ – देख्यौ त केटीहरूलाई फसाउन कस्तो सजिलो हुन्छ । आयुष्मा झसङ्ग हुन्छे । राजनले भन्छ – हो यार तिमीलाई त मान्नै पर्छ । आयुष्मा जस्तो केटीलाई पनि फसाउन सफल भयौ । आयुष्मा झन् झसङ्ग हुन्छे । आभूषण फेरि भन्छ – मैले एउटा पत्र के पठाएँ तिमी त पछि लागेर आयौ । के म तिमी जस्तो केटीलाई आफ्नो गर्लफ्रेन्ड बनाउँछु होला । मेरो गर्लफ्रेन्ड त रेखा हो रेखा । उसैले आज तिमीलाई झुक्याउन सक्तैनौ भनेर बाजी राखेकीले तिमीलाई कार्ड पठाएकी हुँ बुझ्यौ तिमीलाई उल्लु बनाउन । तिमी जस्ता केटीहरूलाई म कति सजिलै फसाउन सक्छु । देख्यौ त मेरो जादु । ऊ झन् अट्टाहाँस गर्न थाल्यो । सबैजना हाँस्नथाले । आयुष्माको आँखाभरि आँसु आयो । सोध्न मनलागेको थियो – तिमीहरूले हाँस्ने अरु कुनै बहाना भेटेनौम, अरुको मुटुदुखाएर हाँस्नु पर्छ ? तर फेरि लाग्यो यस्तै हो यहाँ अरुलाई रुवाएर आफू सफल भएँ भन्ठान्नसँग, अरुको दुखमा हाँस्नेसँग के लाग्छ । उ फरक्क फर्किएर गई । उनीहरूको हाँसो परसम्म गुञ्जिरहेको थियो । कानथुन्दा पनि त्यो हाँसो प्रतिध्वनित भइरह्यो उसको अन्तरमनमा । छियाछिया परेको मुटुलिएर उ घर फर्की ।
रात भरि उनीहरुको आवाज उसको मनमा गुञ्जिरह्यो । सिरानीले कान थुन्दा पनि त्यो अट्टाहास, ती शव्दहरू बारम्बार तरङ्गित भइरहे । भोलिपल्ट उ कलेज नै गइन । टाउको दुखेको बहाना बनाएर सुतिरही । मनमा अनेक कुराहरू खेलिरहे । उनीहरूले के पाए मलाई उल्लु बनाएर । एकछिन हाँस्न त अरुकुराले हाँसेको भएपनि हुन्थ्यो नि । मेरो मुटु टुक्रयाउनु पर्थ्यो त ? मान्छेहरू खै किन अरुको दुखमा रमाउन थालेका होलान् ? अर्काको मुटु दुखाएर के के न गरे जस्तो लाग्दो हो । यस्तै यस्तै सोच्छे । उसलाई कलेज नै जान मन लाग्दैन ।
मन नलागी नलागी केही दिन पछि उ कलेज जान्छे । सबैले आफूलाई हेरेर हाँसे जस्तो लाग्छ उसलाई । कसैको अनुहार हेर्दिन उ । सरासर कक्षाकोठामा गएर बस्छे । पढाइतिर ध्यान थिएन । उसको साथीले भनी – आयुष्मा हिजोअस्ती किन कलेज नआएको ? उसले त्यसै भनेर टारी । त्यतिनै बेला राजेश सबैको अगाडि आएर भन्यो – साथीहरू म अब यस क्यामपसको केही दिनको पाहुना मात्र हुँ । म छिटै अमेरिका जाँदैछु । आजको साँझ सबैजनालाई मेरो तर्फबाट पार्टी ! सबैजना बेलुका मेरो घरमा आउनु है । राजेशको खुसीमा सबैजना रमाए । सबै साथीहरू बेलुकाको पार्टीमा जाने भए । तर आयुष्मालाई पार्टी-सार्टीमा जान मन लागेन, उ गइन पनि।
भोलिपल्ट उसको साथीले भनी – आयुष्मा तिमी हिजो पार्टीमा किन नआएको ? कस्तो रमाइलो भयो । थाहा छ तिमीलाई राजेश केही दिनमा उड्दै छ नि । अनि उसले जीवनसाथीलाई पनि अमेरिका लान पाउँछ रे । पार्टीमा तिमी बाहेक सबै साथीहरू थिए । आभूषण र रेखा पनि हातमा हात राखेर डान्स गर्दै थिए । पार्टी निकै रमाइलो भयो । पछि के भयो तिमी सोच्न पनि सक्तैनौ । राजेशको बिहे नभएको कारण उसले पार्टीकै दौरान रेखासँग एकैचोटी विवाहको प्रस्ताव राख्यो । राजेशको बेहुली बनेर अमेरिका जान पाउने भएपछि रेखा पनि आभूषणको हात छोडेर राजेशसँग अङ्कमाल गर्न पुगी । सबै साथीहरू हेरेको हेर्यै भए । आभूषणको अनुहार देखेको भए तिमी कति हाँस्थ्यौ होला । उसको मुख त खुलेको खुल्यै भयो । ऊ रेखालाई एकटक हेर्दै थियो । पछि नशाले चुर भएर घर फर्केछ । साथीको कुराले आयुष्मा छक्क पर्छे । रेखा, जसको कारण आभूषणले कति केटीहरू, स्वयं आयुष्मालाई पनि त्यस्तो ब्यवहार गर्यो । त्यही रेखाले अमेरिका जान पाउने लोभमा आभूषणलाई छाडी । हे भगवान, कति स्वार्थी छ यो संसार । यहाँ मायाको कुनै मुल्य छैन । केवल स्वार्थ छ ।
त्यो दिन घर फर्कँदै गर्दा बाटोमा उसले आभूषणलाई भेटी । आभूषण उसैलाई पर्खेर बसेको थियो । आयुष्माले उसको वास्तै नगरी आफ्नो बाटो लागी । आभूषण पछ्याउँदै आयो – आयुष्मा मलाई माफ गर । मैले तिम्रो मन दुखाएँ । सायद त्यसैको फल मैले रेखाबाट पाएँ । प्लिज मलाई माफ गर । मलाई विचलित हुनबाट रोक । मलाई तिम्रो खाँचो छ । तिम्रो मायाको खाँचो छ । मैले बुझ्न सकिँन पहिला तिम्रो मायालाई । आजकल तिमी जस्तो निस्वार्थ मायागर्ने मान्छे कहाँ पाइँदो रहेछ र । मलाई माफ गर । आयुष्मा प्लिज मेरो हात थामिदेऊ । आयुष्माले फर्केर हेरी । आभूषणको आँखामा आँसु थियो । तर त्यसले आयुष्मालाई छोएन । यो पनि कतै उसको उल्लु बनाउने नौलो तरिका त होइन ! उ केही नबोली बाटो लागी । आभूषण पछि लाग्दै – प्लिज आयुष्मा मेरो कुरा त सुन, मलाई माफ गर भन्छ ।
आयुष्मा फर्कन्छे । आभूषण कुन मुटुले तिमीलाई माया गरौँ, जुन मुटुले तिमीलाई माया गर्थेँ, त्यो मुटु त तिम्रो व्यवहारले छियाछिया भइसक्यो । तिमीलाई माया गर्न मसँग अब अर्को मुटु छैन । यति भनेर उ सरासर बाटो लाग्छे । आभूषण टक्क उभिएर उ गएको हेरिरहन्छ कतै फर्केर आउँछेकी भनेर । तर आयुष्मा फर्केर हेर्दिन । उ सोच्दै हिँड्छे यो समयले चालेको गोटी हौँ हामी । म, आभूषण, रेखा, राजेश एक-अर्कालाई धोका दिलाएर समयले हामीसँग यो कस्तो खेल खेल्यो । बुझ्नै नसकिने । आभूषणले रेखाको लागि मेरो मुटु दुखायो, रेखाले अमेरिका जाने स्वार्थले आभूषणलाई माया मारी । त्यसतै धोका रेखाले नपाउली भन्न सकिन्न । तर रेखाले धोका नपाओस् । कसैबाट उसको मुटु नचुँडियोस् । टुक्रिएको मुटु लिएर जिउन साह्रै गाह्रो हुने रहेछ । यस्तै यस्तै सोचेर उ ओझेल परी । आभूषण हेरेको हेर्यै भयो ।
Rahul is offline
geeta is offline
kamal is offline
vishav is offline
Jhunnu is offline
Jamesmut is offline
abhay is offline
anonymous is offline
Abhay is offline
KRB is offline
Himanshu is offline
vikki is offline
anil is offline
sourabh is offline
manibhusan is offline
Please Login or Sign Up to write your book.