“हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्याई― परिवर्तन!
परिवर्तनको पछाडि लाग्दालाग्दै विगतका घटनाले जिन्दगीको उमङ्गलाई निराशामा बदलेपछि उसलाई यो शब्द नै व्यङ्ग्यात्मक लाग्न थालेको हो। परिवर्तनकै चाहनामा उसले रङ्गीन सपनाहरूले भरिएको किशोरावस्थालाई दुःख र भागदौडमा बिताई। त्यही क्रममा धेरैले सुख भनेर परिभाषित गर्ने यौन उसको बर्बादीको कारण बन्यो।
ऊ अहिले पनि सम्झ्िन्छे― भावी प्रेमीको रोमाञ्चकारी स्पर्शको कल्पना गर्दागर्दै एक्कासी उसको शरीरमाथि आक्रमण भएको। कसैको अगाडि नाङ्गो हुनु स्वास्नीमान्छेका निम्ति शायद सबैभन्दा ठूलो कुरा हो। आफ्नो प्रेमीसँग बिताउने सुमधुर साँझ्हरूको कल्पनामा पनि ऊ त्यो हदसम्म पुगेकी थिइन। तर युद्धका नाममा हिँड्दा हिँड्दै आफ्नै सहकर्मीहरूबाट पटक पटक नाङ्गिनु परेपछि उसले निकै तनाव र पीडा भोग्नु पर्यो, जुन अहिले पनि निरन्तर भोगिरहेकी छ।
आफूमाथि भएको अन्यायलाई पार्टीमा राख्दा उल्टै पार्टीलाई बद्नाम गरेको आरोपमा ऊ निष्कासित भई। त्यतिबेला शान्ति वार्तामा व्यस्त पार्टीका ठूला नेताहरूलाई भेट्न धेरै कोशिश गरी तर ठूला ठूला बैठक र निर्णयका अगाडि उसको समस्याले त्यति महत्व पाएन। त्यसबीचमा विभिन्न पदमा पुगिसकेका नेता पत्नीहरूले पनि उसका कुरा सुनेपछि भने, “हाम्रा कामरेडहरूले सुधार गर्नुपर्ने कुरा धेरै छन्, केही दिनयता पार्टीभित्र सांस्कृतिक समस्या अलि बढी नै देखिएको छ।” आफू माथि जे भएको छ त्यो सांस्कृतिक समस्या होइन भनेर बुझ्ाउन जति हारगुहार गरेपनि खासै फरक नपर्ने देखेपछि अहिले ऊ आफ्नै गाउँमा गएर बसेकी छ।
मुलुकमा शान्ति प्रक्रिया शुरु भएपछि द्वन्द्व पीडितहरूका निम्ति राहतका कुरा आए। शान्ति कायम गर्न होला, सिङ्गो शान्ति मन्त्रालय नै गठन भयो। उसले नजिकबाट चिनेका कमरेड त्यसको मन्त्री पनि भए। एक दिन घरमा आएका एक नातेदारले बिर्सिएर छोडेको गोरखापत्र पढ्दै जाँदा उसले एउटा सूचना देखी, जसमा द्वन्द्व पीडितहरूले आफू पीडित हो भन्ने प्रमाण बोकेर क्षतिपूर्तिका लागि मन्त्रालयमा निवेदन दिन सक्ने उल्लेख थियो।
शुरुमा त यो सूचनाले उसलाई खुसी तुल्यायो। क्षतिपूर्ति शब्दले न्यायको आश जगायो। तर जब आफूले भोगेको वास्तविकता आँखा वरिपरि आयो, ऊ खुम्चिई। जीवनको परिधि असाध्यै साँघुरो भएझ्ैं लाग्यो। सूचनामा धन वा जन के को क्षति भएको हो र अङ्गभङ्ग भएको भए के भएको हो, त्यो खुलाउनुपर्ने थियो। सम्झ्ी, उसको जीवनमा जुन प्रकारको क्षति भयो के त्यो पूर्ति हुने प्रकारको छ? ऊसँग क्षतिको विवरण पेश गर्ने कुनै प्रमाण थिएन। उसले आफँैलाई प्रश्न गरी― के तेरो जीवनमा भएको शारीरिक र मानसिक क्षतिको प्रमाण हुन सक्छ? के मनमा पुगेको चोट र पीडाको भर्पाई हुन सक्छ?
घर छोडेर युद्धमा होमिँदा उसले मानिसहरूको दृष्टिकोण मात्र होइन समाज र राष्ट्रलाई नै परिवर्तन गर्ने सपना देखेकी थिई। त्यतिबेला धर्म, संस्कृति, परम्परा, अन्धविश्वास, विभेद खै के के, के के परिवर्तन गरेर बन्धनरहित स्वतन्त्र जीवन बाँच्न भनी घर छोडेर अनेकौं हण्डर खाएकी ऊ अहिले त्यही घर, त्यस्तै समाजमा फर्किनु परेपछि अहिले आफैंसँग प्रश्न गरिरहेकी छे― साँच्ची त्यतिका वर्ष मैले के गरें? र, किन गरें?
उपयोगिता सकिएर होला पार्टीले पनि फ्याँकिदिएपछि गाउँमै दुःख गरिरहेकी उसलाई कतिले द्वन्द्व पीडितका रूपमा लिएका थिए। यद्यपि गाउँमा उसले आफूले भोगेको वास्तविकता कसैलाई भनेकी थिइन। शायद ऊ पार्टीमा लागेपछि जिन्दगीको सपना देख्न शुरु पनि नगरेको १३ वर्षको कलिलो भाइ सुरक्षाकर्मीद्वारा मारिएकोले मानिसहरूले उसलाई द्वन्द्व पीडित ठानेका थिए। जिल्ला शान्ति समितिमा बसेका गाउँकै एक छिमेकीले मन्त्रालयबाट पीडितहरूका निम्ति बनाइएको फारम ल्याइदिएर भने, “चाँडै भर्नु म फेरि जाँदा पुर्याइदिन्छु, क्षतिपूर्ति लिन चाहिँ तिमी आफैँ जानुपर्छ।” उसले फारम हेरी, न त्यसमा उसले भोगेको पीडा लेख्ने ठाउँ थियो, न त्यो फारम त्यसअनुरुपको ढाँचामै थियो।
गाउँमा बत्ती आइपुगेकाले हिजोआज घरघरमा टेलिभिजन छ। टेलिभिजनबाट उसले धेरै पटक युद्धका बेला ध्वस्त संरचनाहरूको पुनर्निर्माण हुने कुरा सुनेकी छ। तर उसले भाइ मारिएपछि मानसिक सन्तुलन गुमाएकी आमालाई हेर्दै कति पटक टेलिभिजनमा बोलिरहेका मान्छेसामु एक्लै प्रश्न गरेकी छे― पुनर्निर्माण? प्रहरी चौकी, अस्पताल, पुलपुलेसाहरू त बनाइएलान्, तर छोरो मारिएपछि जिन्दगी बाँच्नै बिर्सिएकी मेरी आमाको भत्किएको मनको पुनर्निर्माण कसरी होला? बमका छर्राले बनाएका खाल्डाखुल्डी त पुरिएलान्, टाउकोमा कालो कपाल हुँदै हराएको छोरो आज आउला, भोलि आउला भनेर बाटो हेर्दाहेर्दै सेतै फुलेकी पल्लो घरकी बडीआमाको जीवनमा समयले बनाएको यो खाडल कसले पुर्न सक्ला?
Donna is offline
KRB is offline
Himanshu is offline
Abhay is offline
anonymous is offline
abhay is offline
Jack is offline
Jhunnu is offline
kamal is offline
geeta is offline
Jamesmut is offline
Munna is offline
Dileep is offline
bharat is offline
Laden is offline
Please Login or Sign Up to write your book.