Nepali Shayari

फुल संग नाता गासै भने ओईली जानेहोकी …. आकाश संग नाता गासै भने भुईमा खसने होकी … समय संग नाता गासै भने छोडी जाने होकी… मानीस संग नाता गासु भने धोका पाईने होकी #krishna Bc Dahal

बगेको पानी मा आकार हुने भए । देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए ....💕 म ‪#‎नराम्रो‬ छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन ‪#‎व्यवहार‬ हेर्छ्न । #Krishna Bc Dahal

बिगत भन्दा बर्तमान निकै फरक भैसकेको छ! तर चोट र पिडा भने अझै उस्तै छ।।।कुनै कुनै बेला त भगवान सङ सोध्न मन लाग्छ त्यो मान्छेहरु सङ भेट किन गराउछौ जुन मान्छेसङ तिम्रो जिन्दगीमा कुनै सम्बन्ध गाँसिनु लेखिएको छैन ।। #Krishna_Bc_Dahal

Posted On: 27-01-2020

Ek nadhi ko due kinar Bhayera bacheko chu Timro yad ma ajha ni Royera baseko chu😭

Posted On: 15-08-2019

, अन्तिम पटक सुमधुर संझना ! नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु ।के लेखौँ के नलेखौँ अन्योलमा परेको छ यो मेरो मन । हेर न यति लामो समयको बोलचाल अनि माया हाम्रो ! देख्ने हरुले त भने हामीलाई कस्तो माया यिनिहरुमा भने होलान् , तर मलाई सोच्न बाध्य पार्यो आज, के वास्तविकता मा हामी दुई बीच माया थियो त ? एउ टा प्रश्न उठेको छ मेरो मनमा ! जुन प्रश्न को जवाफ मैले अहिले सम्म पनि पाउन सकेको छैन , सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु । खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन् । म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला , त्यसैले भुलेछु, एक तर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर !ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि मायाले मलाई जिउँदो लास बनाउने छ ! आखिर यहाँ निर आएर मेरो हार भएको देख्दै छु । तिम्रो सबै बितेको कुरालाई भुलाई म स्विकार गर्न तयार थिए , किन कि जीवनमा कसैलाई आँफु भन्दा धेरै माया गरेको थिए त , त्यो तिमी थियौ , केवल तिमी ! जब तिमी पनि बितेका कुरा भुलाई साथ दिनको लागि तयार भयौँ , तव म साँच्चै, आखिर हाम्रो मायाले अब बाटो पाउँदैछ भन्ने ठाने । सोच् आखिर सोच् मानै सीमित भए, अनि जति बोलिन्थ्यो अनि माया दर्साइन्थ्यो ती सब केवल बोल्न र सुन्न मा मात्र रहे कति सुन्दर हुन्थ्यो होला यो जीवन ! बास्तबिकतामा तिमी अझै पुरानो यादहरुको सहारा मा अल्झकेो मैले पाए ! सायद मेरो मायामा कुनै कमी थियो या त तिम्रो बोलीले मलाई स्विकार गर्यो तर हृदय बाट स्विकार गर्न सकेन जस्तो मलाई लाग्छ ! समग्रमा म तिम्रो हृदयमा बस्न सकिन् । तिम्रो हृदयमा त सधैं तिम्रो अतीत बसिनै राखेको म देख्दैछु ! तिमी र म बीचको दुरी गजब थियो । मिलनका आशा हरु कम मात्र अल्झिरहेको थियो, तै पनि माया गर्थै तिमीलाई त्यसैले आशाको दियो बलिनै रहेको थियो ! हेर न, आखिर माया - माया नै हो नि त त्यसैले फोन पनि गर्दथे , अनि जिस्का जिस्कि गरि हाँस्दा आकाश मा उडेको पंक्षी सरह महसुस गर्थे , अनि बेलाबेला मा संझाउथ्यौ तिमीले, तिम्रा ती शब्द सुन्दा म त्यसै त्यसै मोहित भएको थिए । तर अब बुझ्छु र संझना गर्छु, ती शब्द मिठास आज कहाँ हराए, थाह छैन, केवल खल्लो पन मात्र महसुस गर्दैछु । शायद तिमीलाई माया भन्ने कुरा के हो थाह नै रहनछ । १, २ वटा मेल गरी, मेसेज पठाई संझना दिँदै फोन गर्नु भन्दै मा माया हुँदैन यहाँ ! "म पर्खी राखेको छु", "तिमी फर्कि आउ", यस्ता शब्दको प्रयोग गर्दैमा माया गर्छौ भन्ने प्रमाणित हुदैन ! बारम्बार तिमीलाई म भन्दै छु , "म आउन सम्भव छैन" , तिमी आयौ भने मिलन छ नत्र यी सबै कथा बन्ने छ। तर आज तिमी म भएको ठाउँमा आउनुको को लागी प्रयास नै नगरी अन्त जाने कोसिस गर्दैछौ ! यहाँ आउन तिमीले पाए पनि, नपाए पनि ,एक पटक तिमीले कोसिस गर्देको भए , मलाई लाग्थ्यो माया छ तिमीलाई पनि मेरो ! किन तिमीलाई म भन्दै छु आखिर यी सबै कुरा हरु , उफ् यो मेरो माया मलाई अझै नै धोका दिँदै छ ।यस्तै रहेछ जिन्दगी आखिर तिमी र म त्यही खोलाको दुई किनारा, एकले अर्कोलाई हेर्दै माया जगाउँदै बस्ने तर संगम नभएको ! ठिकै छ अब तिमीलाई म मेरो जिन्दगी बाट निकाल्दै छु । तिम्रो जिन्दगी मा त म कहिल्यै थिइन होला । असहनीय बेदना लिई आज यो निर्णय गर्दैछु , सायद यो सबै मेरो गल्ती र भ्रम भयपनि, म स्विकार गर्न तयार छु । अब तिम्रा त्यो झुटो मायामा, म मेरो जिन्दगी बाँच्न चाहन्न , त्यसैले म तिमीबाट टाढा टाढा जाँदैछु तिमी सँग कहिल्यै नभेट्ने गरी , सक्छौ भने मलाई भुलाई दिनु ! तिमीलाई धेरै माया गर्ने

Posted On: 04-02-2019

Sapana Sabai Pura Hudaina Biswas Tutnu Poni Sakcha Tara Asha Bachun jel sama ni Rahancha

Posted On: 02-10-2018

तिम्रो आँखामा अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म जति अन्वेषण गर्न खोज्दा पनि पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म

Posted On: 02-10-2018

ऑखामा राखे ऑखैकि नानि वन्यौ तिमि यो दिलमा राखे दिलैकि रानि बन्यौ तिमि तिमलाई भेटे र त बढ्यो मेरो मुटुको BEAT दिल मा राखे दिलमै FIT तिम्रै PICTURE SUPER हिट..

Posted On: 02-10-2018

तिमीलाई गुनासो रह्यो कि म बदलिए भनी... एक चोटी आफैंलाई सोध न त के तिमी पनि उहि छौं त...?

Posted On: 02-10-2018

त्यसरी नजरको तीरले नहान्नु मलाई सिधैं गडिन्छ मुटुभित्र त्यो गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न सेकेण्ड-सेकेण्ड घण्टासरि लाग्ने गर्छ त्यो

Posted On: 02-10-2018

रंग तिम्रो सम्झनाको मेटाउनै सकिन मैले ... हजारौं कोसिस गरिसके आँशुहरुबाट पनि पखाल्नै सकिन मैले .

Posted On: 02-10-2018

>तिमी सास हौ मेरो सरीरमा समाउने तिमी मायालु हौ मेरै मायामा रमाउने >तिमी याद हौ मेरो आखामा झल्किने तिमी ढुकढुकी हौ मेरै मुटुमा धड्किने

Posted On: 02-10-2018

यो आगोले पनि मजाक उडाउदै छ मेरो गरिबीको चुलोमा जल्नु पर्ने थियो उसलाई मेरो पेटमा जल्दै छ यो…!!!

Posted On: 02-10-2018

देख्नलाई आतूर छन् यी आखाँ सुन्नलाई आतूर छु तिम्रो भाका भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई जोड्न मन थियो मेरो मन तिमिलाई

Posted On: 02-10-2018

गुमाउनु भन्दा पाउनुछ तिमीलाई अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई कहिँ कतै हराउछौ कि भन्ने डरले यो मनमा बाधेर राख्नुछ तिमीलाई...!!