Nepali Storeis

client1

Traffic Island Ki Yubati

ट्राफिक आइलैण्डकी युवती (भोजराज न्यौपाने)

‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्योत । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी । ऊ एक महिना अघिदेखि सडकको चोकमै बसेकी छे । काठमाडौँमा बढेको चीसोले उसलाई कुनै असर नगरेको अनुभव सडकमा हिँड्नेहरू गर्छन् । च्यातिएको एकसरो लुगानै उसको र्सवश्व भएको छ । उसको दिनरात त्यहीँ एकसरो लुगाकै भरमा बितेको अनुभव हुन्छ । मान्छेहरूले उसलाई धेरै थोक भने (‘ऊ बहुलाही हो रे । ‘ऊ पहिला वेश्या थिई रे । ‘उसलाई एड्स लागेपछि आफन्तको हेलोहोचो सहन नसकेर सडकलाई नै आफ्नो घर बनाएकी रे । तर तीमध्ये कसैले थाहा पाएनन् ऊ को हो – र कसरी सडकमा आइपुगी – एक दिन कुनै भद्र वृद्ध महिलालाई उसको हविगत देखेर दया लागेछ । पशुपतिको दर्शन गर्न हिँडेकी ती महिलाले उसलाई सोधिन्- ‘नानी तिमी को हौ – यसअघि धेरैपटक साँझमा घर कहाँ हो -‘ भनेर सोध्नेहरूको भन्दा बेग्लै आवाज थियो यो । उसलाई घरथर सोध्नेदेखि दिक्क लागिसकेको थियो । सोधखोज गर्नेहरूको उपेक्षाले ऊ आजित भइसकेकी थिई । उनीहरूलाई आफ्नो परिचय नदिउँजस्तो उसलाई लागिसकेको थियो । उसले ती महिलाको आँखामा हेरी । ती महिला उसलाई आफ्नै आमा जस्तै लाग्यो । ऊ जसोतसो उठी र महिलाको खुट्टा च्याप्प समाती । उसलाई आमाको काख भेट्टाएजस्तो लाग्यो । घुक्कघुक्क गरी धेरैबेरसम्म रोएर बसी । आमाले उसलाई अँगालोमा राख्दै सोधिन् ‘नानी तिमीले केही भनिनौ तिमी को हौ, कहाँबाट यहाँ आयौ -‘ उसलाई डाँको छोडेर रुन मन लाग्यो । भक्कानो फुटेर आयो । उसले रुँदै भनी ( आमा, मेरो नाम शोभा हो । मेरो घर रामेछापको भदौरे हो । आमालाई उसले यति राम्रोसँग कुरा गर्न सक्छेजस्तै लागेको थिएन । उसको बोली सुनेर उनले भनिन् (तिमी किन यहाँ बसेकी त -तिम्रो कोही आफन्त छैनन् – कसरी सडकमा आइपुग्यौ – उसले आमाको आँखामा हेरी र अघाउञ्जेल रोई । आमाले उसलाई आफूसँगै मन्दिर जान भनिन् । दुवैजनाले पशुपतिको दर्शन गरे । आमाले आफ्नै घर लगिन् । पेटभरि खाना खुवाइन् र भनिन् ( ‘ल भन तिमी कसरी सडकमा आइपुग्यौ -‘ ‘दस वर्षघिको कुरा हो’ उसले आफ्नो दुःख सुनाइ (‘म गाउँकै स्कुलमा कक्षा ८ मा पढ्दै थिएँ । बिहान सबेरै एक डोको घाँस काट्नु, खाना खाएर स्कुल जानु र बेलुका स्कुलबाट फर्किनेबित्तिकै अर्को एक डोको घाँस ल्याउनु मेरो दैनिकी थियो । घरमा पढ्ने मौका पटक्कै मिल्दैैनथ्यो । तैपनि मेरो पढाइ भने तेज थियो । म सधैँ कक्षामा पहिलो हुन्थेँ । एक दिन नातामा गाउँको काका पर्ने मानबहादुर टुप्लुक्क आइपुग्यो र उसले बुबाआमालाई भन्यो ( सधैँ छोरीलाई पढाएर मात्रै बस्छौ कि छोरीको कमाई पनि खाने विचार गरेका छौ – सुरुमा त मानबहादुरको कुरा उनीहरूले बुझ्दै बुझेनन् । पछि मलाई विदेशको एउटा कम्पनीमा जागिर लगाइदिन्छु बिनसित्ती किन पढाइराख्छौ भनेपछि उनीहरूको मन फेरियो । मुस्किलले स्कुल पढाउँदै आएका मेरा बुबाआमालार्इर्र्विदेशको जागिर भन्नासाथ खुसीको सीमा रहेन । छोरीलाई पढाएर कुनै फाइदा छैन भन्दै आएका उनीहरूलाई मेरो कमाइमा लोभ लागेको थियो । सुरुमा त मैले आफू धेरै पढेर मात्रै जागिर खाने भनेकी थिएँ तर गाउँका आफन्तले समेत विदेशको जागिर राम्रो हुने भन्दै जागिर खान दबाब दिए । सबैको सल्लाहअनुसार मैले जागिर खाने मनस्थिति बनाएँ । जागिर लाइदिने बहानामा मानबहादुरले दुइ दिन बस र त्यसपछि रेलमा हिँडायो । मुर्म्बई पुगेपछि फिरोज नाउँको साउदी अरबको मान्छेको साथ लगाएर एउटा बेकरी कम्पनीमा काम लगाइदिन्छु, महिनाको चालीस हजार हुन्छ, तँलाई त्यहीँ पठाइदिन्छु भन्यो । मैले हुन्छ भनीदिएँ । मलाई थाहा थिएन मानबहादुर दलाल हो भन्ने । उसले फिरोज नाउँको दलालको जिम्मा लगाएर छाडिदियो । फिरोजसँगै म साउदी अरब पुगेँ । नेपालको दुगम गाउँकी सोझी म साउदी अरबको व्यस्त शहरमा पुग्दा मैले पत्याउनै सकिन संसार यति ठूलो र यति सुन्दर छ भनेर । ‘साउदी अरब पुगेको पहिलो दिनमा पो थाहा भयो’ उसले डाँको छाडेर भनी( फिरोज भन्नेले पनि मलाई त्यही साउदी अरबको एक दलालको घरमा सधैँ बस्ने गरी भारतीय पचास हजार रुपियाँमा बेची सकेछ । ‘त्यसपछि म छाँगाबाट खसेजस्ती भएँ ।’ उसले सुस्केरा हाली ( एकैचोटि पहाड खसेर थिचेजस्तो भयो । सात समुद्रपारि न कोही आफन्त छन्, न त चिनेजानेका कोही । सिङ्गो जीवन पशुसरह बेचिनु कम्ती कहालीलाग्दो भएन । बोल्दाबोल्दै उसका आँखाका डिल भत्किए । आँखाबाट खहरेको भेल बग्न थाल्यो । ‘साउदी पुगेको दोस्रो दिनदेखि नै उसले खुट्टा मिच्न लगायो’ भक्कानो छाड्दै उसले भनी(‘मैले अटेर गर्दा उसले बेस्सरि पिट्यो र त्यही रात मलाई बलात्कार गर्योे । त्यसपछिका मेरा प्रत्येक क्षण नरकमय भए । मान्छेको जीवन पैसाको मोहमा पशुसरह बिक्दो रहेछ भन्ने लाग्यो । आफूलाई मान्छे हुनुमा गर्व गर्ने म अहिले पशु हुन नपाएकोमा पछुतो मानिरहेकी छु । ‘बिहान घर बाहिर जाँदा उसले मलाई ताला लगाएर थुनेर जान्थ्यो आँखामा क्रोधको ज्वाला बाल्दै उसले भनी (‘बेलुका र्फकँदा मसँग सुताउन एक दुइ जना ग्राहक लिएर आउँथ्यो । मेरो दैनिकी नै एक वर्षति यहीरूपमा बन्यो । रुन्थेँ, चिच्याउँथेँ मेरो आँसुले केही भएन । म त्यही नरकमा बस्न विवश भएँ । त्यहाँ पुगेको एक वर्षछि म निकै बिरामी परेँ । बिरामी हुँदा उपचार त कता हो कता, मलाई एक रात गाडीमा लगेर त्यही पशुले अनकन्टार ठाउँमा छाडिदियो । ज्वरोले उभिन सक्ने अवस्थामा थिइँन म । मध्यरातमा सडकको फुटपाथमा सुतेको बेला त्यहाँको पुलिसले भेट्यो र मलाई अस्पताल पुर्या यो । उपचारकै क्रममा मेरो ज्वरो त ठीक भयो तर डाक्टरले मेरो रक्तपरीक्षणमा एचआईभी पोजेटिभ भएको बताए ।

मैले आफ्नो जीवन नष्ट पार्नेलाई सजाय दिलाउन त्यहाँको अदालत जाने विचार गरेँ तर मलाई त्यहाँका वकिलहरूलेे कुनै सहयोग गरेनन् । उल्टै मलाई त्यहाँको पुलिसले दुख दिए र यहाँ फर्काइदिए । उसले आफ्नो दुःख सुनाइरहँदा ती आमाले आँखाबाट आँसु झारिरहेकी थिइन् । ‘आमा मैले नेपालमा फर्केपछि पनि त्यत्तिकै नरकको जीवन बिताउनु परेको छ’ उसले महिलासँग विलाप गरी । नेपाल आएपछि लगत्तै गाउँ गएँ । गाउँमा त्यही मानबहादुरले मैले काम छाडेर वेश्या भएको हल्ला फिँजाएछ । आफ्नै दाजुभाइले जीउ बेचेर रोग भित्र्याएको भन्दै घरमै पस्न दिएनन् । आफू जुन घरमा हुर्केँ, बढेँ त्यही घर आफ्नो नभएपछि मेरो बाँकी को रहृयो र आमा – त्यसैले मैले सडकमा बस्नुको विकल्प भेटिनँ । आमाले उसलाई सधैँ आफूसँगै बस्न भनिन् तर ऊ मानिन । भनी( ‘आमा म तपाइँको घरमा बस्नलायक छैन । म सडकमै मर्छु ऊ आमासँग बिदा भएर हिँडी । भोलिपल्ट बिहान मन्दिर जानेबेला चेेाकमा निकै ठूलो भीड देखियो । आमा सरासर भीड नजिकै पुगिन् । उनलाई मृतक युवतीलाई नजिकैबाट हेन मन लाग्यो । हे भगवान् आमा चिच्याइन् । त्यो लास त शोभाको थियो । आमा बेहोस भएर ढलिन् । मान्छेहरू भन्दै थिए ( बहुलाहीलाई गाडीले किचेर मारेछ । पछि थाहा भयो उसलाई ठक्कर दिएर मार्ने गाडी त्यही मानबहादुरले चलाएको थियो