दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।
एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो पे्रम विवाह थिएन ।
बाजा धन्कियो । दुलही पक्षका आफन्तका आँखा रसिला भए । एकैछिनपछि दुलही अन्माएको घर चकमन्न भयो । दुलहीलाई जन्मघरबाट कर्मघरतिर पराइहरूले बाजाको तालमा नाच्दै गाउँदै लागिरहेका थिए । अब त्यो घर सिन्धुको घर थिएन । त्यो घर जहाँ उनी जन्मिन््, हुर्किन्, खेलिन्, बढिन्, त्यो त माइतीमा परिणत भइसकेको यिो । उनी बाटाभरि कल्पनानै गरिरहिन् । उनका श्रीमान् उनी नजिकै थिए । अबका दिनमा त्यो अपरिचित लोग्नेमान्छे नै सबैभन्दा उनको नजिकको हुन्थ्यो । आˆना सबै कुरा उसलाई नै समर्पित गर्नुपर्ने । उनी कहिले रमाएकी थिइन् भने कहिले पराइ घरसँग डराएकी थिइन् ।
रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो । सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो । सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा, एउटा नौलो मानिससँग उनको मन ढुक्क भयो । झ्याल ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा लगाइएको थियो । आजैबाट चिनेको मान्छेसँग उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् ।
सुहागरात दुलाहा र दुलही बन्द कोठामा सँगै रात बिताउने पहिलो रात, अविस्मरणीय रात, सृष्टिलाई निरन्तर अघि बढाउने क्रमको प्रथम सुरूवात, पुर्खौदेखि पछ्याउँदै आएको रीति, दुई जीवनको संयोग ।
सुबोधको भने यो पहिलो सुहागरात थिएन । उसको पहिलो सुहागरातले उसलाई आजसम्म पनि पीडा दिँदै आएको थियो । यसरी नै केही महिना पहिले उसले पहिलो चोटि विवाह गरेको थियो । दुलहीलाई यसरी नै घर ल्याएको थियो । दुलही कोठामा आइसकेकी थिइन् । उसले दुलहीसँग कुरा अघि बढाउन चाहृयो । दुलही ऊबाट परपर भइन् । आखिरमा उनको त अर्कै केटासँग पे्रम भएको कुरा दुलहीले खुलस्त गरिन् । सुबोध छाँगाबाट खसेजस्तो भएको थियो । दुलहीले आˆनो पे्रमीलाई डाकिन् र पे्रमीले पनि तुरून्तै आई उनलाई लग्यो । त्यो दिन उसको सुहागरात नभइ बोझिलो रात भएको थियो । त्यो दिनदेखि ऊ सुहागरातसँग डराउँथ्यो ।
रात चकमन्न हुँदै थियो । सिन्धुले आˆना साथीहरूको सुहागरातका कुरा सुनेकी थिइन् । उनको एउटा साथीको श्रीमान् त सुहागरातकै बखत मादक पदार्थ धोकेर झगडा गर्न आएको थियो । यो कुराले उनी पनि तर्सिन् तर सुबोध असल थियो । आगोलाई साक्षी राखि जग्गेलाई सातफेरा लगाई नयाँ जीवन, नयाँ वातावरण र नयाँ सम्बन्ध आत्मसाथ गर्दै सङ्कल्प गरी विवाह बन्धनमा बाँधिएका यिनीहरू मन, बचन र कर्मले निश्चल र पवित्र थिए । पति पत्नीको पे्रमको अङ्कुर टुसाउँदै विश्वास फैलदै जाँदै थियो । पे्रम मौलाउन थाल्यो । विस्तारै लाज हराउन थाल्यो । कुरा विस्तारै अघि बढ्दै गयो ।
सुबोधले उनको घुम्टो खोल्यो, नाडीका हातका चुरा चलायो । उसको स्पर्श सिन्धुलाई पनि मीठो लाग्न थाल्यो ।बिस्तार बिस्तार सिन्धुलाई पनि सुबोध चिनेको आˆनै मानिस झँै लाग्न थाल्यो । उनी पनि सुबोधसँग बोल्न थालिन् । आखिरमा रात छिप्पिँदै गयो । सुबोधले उनलाई ओछ्यानमा आउन आग्रह गर्यो तर उनीअटेर भई जहाँको तहीँं रहिन् । सुबोधले उनको हात तानेर ओछ्यानमा लगे उनी हाँसिन् र बोलिन् –
‘छि हजूर त कस्तो मान्छे !’
भोलि बिहान भयो । रात सकियो । बिहानी भएको आभाष चराचुरूङ्गीले दिए । सिन्धु ओछ्यानमै पल्टिरहेकी थिइन् । एउटा नौलो अनुभूति दुबैलाई भइरहेको थियो । दुबै एकअर्काप्रति समर्पित थिए । सिन्धुको केशराशी यताउति अनुहारतिर छरिएको थियो । सिन्धु कपाल पन्छाउँदै सुबोधसँग मुस्काइन् । सुबोध पनि आˆनो जिउ तन्काउँदै सिन्धुसँग मुस्कुरायो । यसपालिको सुहागरातले सुबोधलाई चिन्ता दिएन । ऊ आफैँमा रमायो । यो सुहागरातको चाहिँ रमाइलो समाप्ति भयो ।
Mahipal is online
Shivansh is online
rehan is online
gulab is online
arun is online
Musab is offline
Laden is offline
Jamesmut is offline
Dileep is offline
Munna is offline
geeta is offline
kamal is offline
Jhunnu is offline
Jack is offline
abhay is offline
Please Login or Sign Up to write your book.